यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण

हिमाल प्रेस २७ माघ २०७९ १३:०० | Friday, February 10, 2023
यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ। थाइ एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो फेला परेको भन्दै उनलाई निलम्बन गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विषयमा जाँचबुझ गर्नुपर्ने भन्दै निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।

साथै सो विषयको थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए।

प्रकाशित: २७ माघ २०७९ १३:०० | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast