सुगम र संगीताको ‘किन हुँदैन’ सार्वजनिक

हिमाल प्रेस २७ माघ २०७९ १२:२६ | Friday, February 10, 2023

काठमाडौँ- गायक सुगम पोखरेल र संगीता प्रधानको स्वरमा ‘किन हुँदैन’ गीत सार्वजनिक भएको छ। गीतले परिश्रम गरे देशमै सबै काम गर्न सम्भव रहेको भाव व्यक्त गर्छ।

सबै युवा एकजुट भएर अघि बढेमा देशको दिगो विकास हुने मार्मिक शब्द सन्देश गीतले दिएको छ। चन्द्र प्रसाईं (परिष्कृत) को शब्द रहेको गीतलाई संगीत तथा संगीत संयोजन साहस शाक्यले गरेका छन्।

सुगम र संगीतालाई कोरसमा साहस, आरसी रिमाल, सौगात खनालले साथ दिएका छन्।

गीतको भिडियोमा गायक पोखरेलसहित, ल्याङग्री दादा, सीता सुवेदीको फिचर्ड छ। भिडियोमा देशको विभिन्न कला, संस्कृति र पहिचानलाई प्रस्तुत गरिएको छ।

सुरेन्द्र बसेलको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोलाई दिनेश पराजुरीले छायांकन र नवीन निरौलाले सम्पादन गरेका छन्। गीतकार प्रसाईंकै ‘प्रसाईसन इन्टरटेनमेन्ट; युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको छ।

प्रकाशित: २७ माघ २०७९ १२:२६ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast