हङकङमा बाढीपीडितको सम्झनामा दीप प्रज्ज्वलन

हिमाल प्रेस १३ असोज २०८३ १०:३६ | Tuesday, September 29, 2026
10
SHARES
हङकङमा बाढीपीडितको सम्झनामा दीप प्रज्ज्वलन

हङकङ- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी एवं पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्ज्वलन साथै श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग हङकङ एवं मकाउको संयुक्त आयोजनामा यस कार्यक्रम आयोजना गरिएको हो।

रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङका अनुसार ११ गते आइतबारका दिन जोर्डनस्थित चुम्लुङ हिममा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा नेपालका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता रास्वपा प्रवास विभाग हङकङका शभापति झमबहादुर गुरुङ एवं प्रवास विभाग प्रमुख मकाउका उदित खत्रीले संयुक्त रूपमा गरेका थिए।

त्यसैगरी कार्यक्रम सञ्चालन रास्वपाका सहसचिव सन्तोष राईले गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरूले मैनबत्ती प्रज्ज्वलन गरी दिवंगत आत्माहरूको चीरशान्तिको कामना गरेका थिए।

प्रकाशित: १३ असोज २०८३ १०:३६ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast