काठमाडौँ- चितवनको नारायणगढस्थित नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ एवं पानीजहाज निकाल्ने तयारी भइरहेको छ। नारायणी नदीमा ठूलो बाढी आउँदा आइतबार साँझ क्रुजसमेत बगाएको थियो।
नदीले बगाएको क्रुज पुलको पिल्लरमा गएर अड्किएपछि पुलमासमेत क्षति हुने त्रास बढेको थियो। त्यसपछि स्थानीय प्रशासनले आइतबार साँझदेखि नारायणी पुलबाट सवारी साधनसँगै पैदलयात्रामा समेत रोक लगाएको थियो।
पुललाई क्षति नहुने ढंगले क्रुज निकाल्ने प्रयासको लागि प्राबिधिक स्तरको छलफल भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
प्रकाशित: १२ असोज २०८३ ८:५२ | Monday, September 28, 2026
प्रतिक्रिया



