अमेरिकी मानवरहित ‘अन्डरवाटर ड्रोन’ नियन्त्रणमा लिएको इरानको दाबी

हिमाल प्रेस ११ असोज २०८३ २०:४२ | Sunday, September 27, 2026
6
SHARES
अमेरिकी मानवरहित ‘अन्डरवाटर ड्रोन’ नियन्त्रणमा लिएको इरानको दाबी

काठमाडौँ- इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले अमेरिकी सेनाको एक मानवरहित पानीमुनि चल्ने ड्रोन (यूयूभी) लाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

आईआरजीसी नौसेनाका अनुसार विशेष गोप्य जानकारी र अत्याधुनिक इलेक्ट्रोनिक युद्ध (इलेक्ट्रोनिक वारफेयर) प्रविधिको प्रयोग गरी अमेरिकी ड्रोनलाई नियन्त्रणमा लिइएको हो।

इरानले नियन्त्रणमा लिएको ड्रोन ‘रेमस ६००’ नामक उन्नत ‘अन्डरवाटर’ ड्रोन भएको बीबीसीले जनाएको छ।

आईआरजीसीले ड्रोनलाई समुद्रबाट बाहिर निकालिसकिएको र प्राविधिक विशेषहरुले त्यसमा रहेका तथ्यांक तथा जानकारीहरु संकलन गर्ने प्रयाय गरिरहेको बताएको छ। आईआरजीसीले ड्रोनजसतै देखिने वस्तु पानीबाट बाहिर निकालिँदै गरेको एक भिडियोसमेत सार्वजनिक गरेको छ।

यसैक्रममा जारी गरिएको वक्तव्यमा आईआरजीसीले रणनीतिक रुपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द रहेको दाबीसमेत गरेको छ।

यसअघि पनि आईआरजीसीले गत सेप्टेम्बर १७ मा अर्को एक अमेरिकी ‘अन्डरवाटर’ ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको थियो। त्यतिबेला अमेरिकी सेन्ट्रल कमाण्डले घटनाको पुष्टि गर्दै उक्त ड्रोन क्षेत्रमा गस्तीमा रहेको र प्राविधिक खराबीका कारण निष्क्रिय भएको जनाएको थियो।

प्रकाशित: ११ असोज २०८३ २०:४२ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast