वर्षाबाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई सभापति थापाको आग्रह

हिमाल प्रेस ११ असोज २०८३ १२:४६ | Sunday, September 27, 2026
6
SHARES
वर्षाबाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएकाले सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिए।

थापाले भने,‘देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।’

उनले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा रहेको उल्लेख गर्दै आफ्नो आफ्नो क्षेत्रको अवस्था बुझेर अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न कांग्रेसका नेताकार्यकर्तालाई आग्रह गरे।

उनले भने,‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु।’

प्रकाशित: ११ असोज २०८३ १२:४६ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast