कांग्रेस संस्थापनइतरले पनि अगाडि बढायो महाधिवेशन प्रक्रिया

हिमाल प्रेस १० असोज २०८३ १८:५० | Saturday, September 26, 2026
14
SHARES
कांग्रेस संस्थापनइतरले पनि अगाडि बढायो महाधिवेशन प्रक्रिया

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहले पनि १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको हो।

महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना पार्टी क्रियाशील अद्यावधिक गरिएको र जसमध्ये ५ लाख ७३ हजार २६९ जना पुराना तथा २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले जानकारी दिए।
उनले १५ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया सुरु हुने बताए।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले सबैलाई समेटेर महाधिवेशन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

आगामी महाधिवेशन परीक्षाको समय भएको भन्दै कोइरालाले महाधिवेशनले पार्टीको भविष्यको बाटो देखाउने धारणा राखे। कांग्रेस बलियो विचार भएको पार्टी भएकाले जोशका साथ अघि बढ्न खोजिएको उनको भनाइ छ।

त्यस्तै कांग्रेस नेता प्रकाशशरण महतले एकताको महाधिवेशन सम्पन्न गर्न ढोका खुला गरेर संवाद गरे पनि सफल नभएकाले पूर्वनिर्धारित तालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए।

प्रकाशित: १० असोज २०८३ १८:५० | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast