७.७२ अंकले घट्यो नेप्से, दुई कम्पनीमा भने सकारात्मक सर्किट

हिमाल प्रेस ७ मंसिर २०७९ १५:४० | Wednesday, November 23, 2022
७.७२ अंकले घट्यो नेप्से, दुई कम्पनीमा भने सकारात्मक सर्किट

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.७२ अंकले घटेको छ। सामान्य अंकले घटेको परिसूचक १९२१.९९ बिन्दुमा झरेको छ। बजार घटे पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बुधबार सिभिल बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको हो। त्यस्तै जानकी फाइनान्स लिमिटेड, पिपुल्स पावर लिमिटेड, धौलागिरि लघुवित्तलगायत ५७ कम्पनीको सेयर मूल्य बढेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल ब्यालेन्स फन्ड, बुद्धभूमि नेपाल हाइड्रोपावरलगायत १२४ कम्पनीको मूल्य घटेको छ। आज ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १५:४० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast