अख्तियारद्वारा भोटेकोशी बाढीबाट प्रभावितलाई ६१ लाख ६२ हजार ५०८ सहयोग

हिमाल प्रेस १ असोज २०८३ ६:२१ | Thursday, September 17, 2026
अख्तियारद्वारा भोटेकोशी बाढीबाट प्रभावितलाई ६१ लाख ६२ हजार ५०८ सहयोग

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोटेकोशी बाढीबाट प्रभावितका लागि रु ६१ लाख ६२ हजार ५०८ सहयोग गरेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आयोगका पदाधिकारीको १५ दिन, आयोगका सचिवको १० दिन तथा आयोग र मातहतका कार्यालयमा कार्यरत निजामती तथा प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीको १० दिन बराबरको तलब स्वैच्छिक रूपमा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

त्यस्तै, उपसचिव, शाखा अधिकृत र सो सरहका राष्ट्रसेवक कर्मचारीको सात दिन, राजपत्र अनङ्कित कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलब कट्टा गरी उक्त रकम सङ्कलन गरिएको आयोगले जनाएको छ ।

 

प्रकाशित: १ असोज २०८३ ६:२१ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast