ओखलढुंगामा भिरबाट ट्याक्टर खस्यो, दुई जनाको मृत्यु

हिमाल प्रेस ३१ भदौ २०८३ १७:२४ | Wednesday, September 16, 2026
ओखलढुंगामा भिरबाट ट्याक्टर खस्यो, दुई जनाको मृत्यु

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका-९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ढुंगा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका-८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो।

ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका-८ का २५ वर्षीय मिलन राई, सोही स्थानका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की भने सकुशल छन्। चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३१ भदौ २०८३ १७:२४ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast