पूर्वानुमान महाशाखाले सार्वजनिक गर्‍यो भदौ २ सम्मको नदी जोखिम विवरण

हिमाल प्रेस ३१ भदौ २०८३ ८:२३ | Wednesday, September 16, 2026
पूर्वानुमान महाशाखाले सार्वजनिक गर्‍यो भदौ २ सम्मको नदी जोखिम विवरण भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न नदीको बहावको पूर्वानुमान सार्वजनिक गरेको छ। शाखाकझ बुलेटिनमा ३ दिन मुख्य एवं ठूला नदीहरू उल्लेखीय बढ्ने बताइएको छ।

कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल नियन्त्रणमै रहेको छ।

आज भदौ ३१ गतेदेखि असोज २ गतेसम्म कोशी नदी जलाधारअन्तर्गतका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी .(रभुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पुचुवार) मा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ।

त्यसैगरी नारायणी नदी .(देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि आगामी तीन दिनसम्म जलसतह निरन्तर बढ्ने जनाइएको छ। महाकाली नदी (पारिगाउँ) मा तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

कर्णाली जलाधारका कर्णाली (चिसापानी), कर्णाली (असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपालय) मा आगामी तीन दिनसम्म जलसतह सामान्य रूपमा बढ्ने पूर्वानुमान छ। कन्काई (मैनाचुली), कमला (वेलसोत), पश्चिम राप्ती (कुसुम) र बबई (चेपाङ) नदीहरूमा पनि आगामी तीन दिन सामान्य रूपमा जलसतह बढ्नेछ। बागमती (पधेरादोभान) र पूर्वी राप्ती (रजैया) मा आज जलसतह उल्लेख्य रूपमा बढ्ने भए पनि भोलि र पर्सि सामान्य मात्र बढ्ने अनुमान छ।

आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।

भोलि असोज १ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भई बहने केही ससाना नदीहरूमा र असोज २ गते कोशी तथा मधेश प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

प्रकाशित: ३१ भदौ २०८३ ८:२३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast