बाढी प्रभावित जिल्लामा हैजाको जोखिम : महामारी फैलन नदिन खोप लगाइँदै, झाडापखालाबाट एकको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८३ ६:४० | Tuesday, September 15, 2026
बाढी प्रभावित जिल्लामा हैजाको जोखिम : महामारी फैलन नदिन खोप लगाइँदै,  झाडापखालाबाट एकको मृत्यु फाइल तस्बिर

काठमाडौँ- रसुवा बाढीपछि क्षतिग्रस्त जिल्ला हैजाको जोखिम बढेको छ। बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन्। रसुवामा लक्षित ३१ हजार ४७४ मध्ये नौ हजार ७३१ जना अर्थात् ३०.९१ प्रतिशतले खोप पाइसकेका छन्। पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको छ।

चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन्। नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका ३ सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवामा छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन्।

हाल बाढी प्रभावितका लागि ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी खटिएका छन्। हालसम्म सात हजार ७०७ जनाले आकस्मिक चिकित्सा टोलीमार्फत सेवा लिइसकेका छन्। सरकारले प्रभावित नागरिकलाई मानसिक परामर्शका लागि निःशुल्क हेल्पलाइन ११६६ र सुरक्षित मातृत्व परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ। रासस

प्रकाशित: ३० भदौ २०८३ ६:४० | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast