जोमसोममा आजदेखि जलवायु सम्मेलन, ७५३ स्थानीय तहकै प्रमुख सहभागी हुने

हिमाल प्रेस ३० भदौ २०८३ ६:२३ | Tuesday, September 15, 2026
जोमसोममा आजदेखि जलवायु सम्मेलन, ७५३ स्थानीय तहकै प्रमुख सहभागी हुने

काठमाडौँ- मुस्ताङको जोमसोममा आजदेखि जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु हुँदैछ ।

घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी ’घरपझोङ जलवायु परिवर्तन सम्मेलन‘ सम्मेलन आयोजना हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

सम्मेलनका लागि सबै जिल्लाको जिल्ला समन्वय समिति प्रमुखदेखि प्रदेशका वातावरणसम्बन्धी मन्त्रीलाई आमन्त्रण गरिएको छ । संघीय वातावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणमा स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या एवं भावी मार्गदर्शनबारे सम्मेलन केन्द्रित हुने लालचनले बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा घरपझोङ घोषणापत्र जारी भई बुधबार सम्पन्न हुनेछ ।

रसुवा वाढीका कारण देशले व्यहोरेको क्षतिपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उठेको जलवायु परिवर्तनसम्बन्धी बहसबीच यस्तो सम्मेलन आयोजना हुन लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने क्रममा जलवायुसम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकका झन् बढेको लालचनको भनाइ छ ।

प्रकाशित: ३० भदौ २०८३ ६:२३ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast