पाशुपत परिसरमा लामबद्ध भक्तजन
काठमाडौँ, २९ भदौः काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्ने आएका भक्तजन लामबद्ध भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
काठमाडौँ- तीजको अवसरमा पशुपति मन्दिरमा पूजाआज गर्नेको भीड लागेको छ। नेपाल प्रहरीका अनुसार मध्यान्ह १२ बजेसम्म २४००० ले दर्शन गरेका छन्। पशुपतिनाथ क्षेत्रमा ४ वटै ढोका तर्फबाट गरि जम्मा २०००–२५०० दर्शनार्थी लाइनमा रहेका छन्।
प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र सुरक्षा निकायले चुस्त सुरक्षा दिइरहेको जनाएको छ।
प्रकाशित: २९ भदौ २०८३ १२:२९ | Monday, September 14, 2026
प्रतिक्रिया


