नेपाल र चीनबीच दूरगामी महत्वको रणनीतिक सम्बन्ध रहेको छ : खनाल

हिमाल प्रेस २८ भदौ २०८३ १८:२९ | Sunday, September 13, 2026
नेपाल र चीनबीच दूरगामी महत्वको रणनीतिक सम्बन्ध रहेको छ : खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपाल र चीनवीचको संम्वन्ध कार्यनितिकमात्र नभएर दुरगामी महत्वको रणनीतिक सम्बन्ध भएको बताएका छन्।

काठमाडौँमा आयोजित ‘काष्ठमण्डप संवाद’ को तेस्रो शृंखलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई देशवीचको सम्वन्धलाई रणनितिक संम्वन्धको स्तरमा उठाइसकेको उल्लेख गर्दे यस संबन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्ने आवश्यक्ता औल्याए।

छिमेकी देश शक्तिशाली भए पनि नेपालले उठाउनुपर्ने लाभ नउठाएको भन्दै यसलाई उन्न्त बनाउँदै लानुपर्नेमा जोड दिए।

नेता खनालले नेपाल ५ हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यता बोकेको मुलुक भएकाले आफ्ना ऐतिहासिक विशेषतासँग आजको परिवर्तनलाई जोड्नुपर्ने बताए। उनँले छिमेकी मुलुक चीनको द्रुत विकास, पार्टी निर्माण र सुशासनबाट धेरै कुरा सिक्न सकिने भए पनि चीनले समेत अरूको मोडल नपछ्याई आफ्नै मौलिकतामा अघि बढ्न सिकाएको उल्लेख गरे।

दुई देशबीचको व्यावहारिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न यस्ता संवाद फलदायी हुने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री खनालले हालै भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै जलवायु उत्थानशीलता तथा सीमापार विपद् जोखिम न्यूनीकरणलाई दुई देशबीचको दीर्घकालीन सहकार्यको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए। उनले जनता–जनताबीचको सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताका युवाहरूबीचको सहकार्यले मात्र द्विपक्षीय सम्बन्धलाई भविष्यमा अझ प्रगाढ बनाउन सक्ने धारणा राखे।

दुई दिनसम्म चलेको संवादमा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २८ भदौ २०८३ १८:२९ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast