स्रोत नखुलेको भारतीय मुद्रासहित एक भारतीय पक्राउ

हिमाल प्रेस २७ भदौ २०८३ १३:२७ | Saturday, September 12, 2026
स्रोत नखुलेको भारतीय मुद्रासहित एक भारतीय पक्राउ

वीरगन्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उनले जानकारी दिए। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित: २७ भदौ २०८३ १३:२७ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast