संसद भवनभित्रै पत्रकार भेटघाट कक्ष स्थापना गर्न नेम्वाङको प्रस्ताव

हिमाल प्रेस २५ माघ २०७९ २१:३०
2
SHARE
संसद भवनभित्रै पत्रकार भेटघाट कक्ष स्थापना गर्न नेम्वाङको प्रस्ताव सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवनभित्रै पत्रकार भेटघाट कक्ष स्थापना गर्न प्रस्ताव गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।

संसद भवनको मूल गेटमा पत्रकारहरू बन्दुक तेर्‍स्याए जसरी क्यामेरा तेर्‍स्याएर बस्नुपर्ने अवस्था अन्त्य गर्न नियमावली नै बनाएर उक्त कक्ष बनाउन उपयुक्त हुने उनले सुझाव दिए।

सो कक्ष दलका नेताहरू, सांसदहरू र संघीय संसद सचिवालयका पदाधिकारीहरूलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने उनको भनाइ छ।

‘गेटभन्दा बाहिर एकदम क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेर्‍स्याएर बसेजस्तो लाग्ने। उहाँहरू क्यामेरम लिएर कुँदिरहनु पर्ने। अलि कस्तो-कस्तो लाग्दो रहेछ त्यो। त्यसकारण यत्रो त गरिरहेका छौं हामीले, प्रेस मिट रूम एउटा भव्य बनाउँ, यसले नेता पत्रकार सबैलाई सजिलो हुन्छ,’ उनले भने।

पत्रकारहरूले संसदको मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्न उक्त कक्ष महत्त्वपूर्ण हुने नेम्वाङले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =