काठमाडौँ- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ।
कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो।
शुक्रबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्।
कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निष्कासन गर्दैछ।
कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ। यो अवधिभित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ।
प्रकाशित: २६ भदौ २०८३ १९:४८ | Friday, September 11, 2026
प्रतिक्रिया


