रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर : हेमन्त जोशी/रासस
सुनसरी- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ।
सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए।
नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बिहीबार बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरणसहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको उनले बताए।
प्रकाशित: २६ भदौ २०८३ ८:०८ | Friday, September 11, 2026
प्रतिक्रिया


