काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता हुनेको खोजी कार्य र उद्धार जारी छ। विशेष खोला आसपासका हाइड्रोपावरमा जीवित व्यक्ति भेटिने आशमा निरन्तर सरक्षा निकायले खोजी कार्य जारी राखेको छ। इन्जिनियर एवं प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार आज पनि सुरुङभित्र भित्रबाट मानिस बोलेको सुनिएको छ।
न्यौपानेले हाइड्रोपावरको नाम नखुलाए पनि करिव १०५ मिटर भित्रबाट बाहिर पट्टी चिसो हावा आएको र हावा दोहोरो बहाव भएको जानकारी दिएका छन्। ‘भित्र आवाज गएको र इको आएको जानकारी प्राप्त भएको छ।’ उनले भनेका छन्। उनले भर्खरै सूचना नेपाली सेनाले आफूलाई जानकारी दिएको बताएका छन्।
प्रकाशित: २५ भदौ २०८३ १२:२७ | Thursday, September 10, 2026
प्रतिक्रिया


