काठमाडौँ- खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेटअगाडी प्रदर्शन गरेको छ।
खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने मागसहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘भोक र महँगीको तमासा बन्द गर, चुलो निभाएर समृद्धिको भाषण, लाज लाग्दैन सरकार, सहज रुपमा ग्यासको व्यवस्था गर’ लगायतका प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए।
प्रदर्शनसहित सिंहदरबार दक्षिण गेटतर्फ जान लागेपछि प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो। त्यस क्रममा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।
प्रकाशित: २४ भदौ २०८३ १७:२७ | Wednesday, September 9, 2026
प्रतिक्रिया


