च्याम्पियन्स लिग : हालान्डको २ गोल, सिटीको जित

हिमाल प्रेस २४ भदौ २०८३ ७:३२ | Wednesday, September 9, 2026
च्याम्पियन्स लिग : हालान्डको २ गोल, सिटीको जित

काठमाडौँ- च्याम्पियन्स लिगमा इंग्लिस टिम म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ। गएरातिको खेलमा पोर्टोलाई २-० गोल अन्तरले हराउँदै सिटीले जित सुरुवात गरेको हो।  सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गरे। पहिलो जितसँगै सिटी ३ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र सिटीले २ गोल फर्कायो। खेलको ४७ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। खेलको इन्ज्युरी समयमा हालान्डले व्यक्तीगत दोस्रो गोल गर्दै च्याम्पियन्स लिगमा सिटीलाई सानदार जित दिलाए।

हालान्डले सिटीका लागि मात्र ४० खेलमा आफ्नो च्याम्पियन्स लिगमा गोल संख्या ३६ पुर्‍याएका छन्। पोर्टोका गोलकिपर डियोगो कोस्टाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे। उनले हालान्डका दुई प्रहार विफल पारे भने एन्टोइन सेमेन्यो र फिल फोडेनका प्रयासलाई पनि विफल पारे।

सन् २०२३ को एकै सिजनमा मुख्य तिन उपाधि जितेयता सिटी पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। गएराति नै भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २–१ ले हरायो। यस्तै रियल बेटीसले लिलिलाई, एष्टोन भिल्लाले क्लब ब्रुगलाई तथा बोरुसिया डर्टमुन्डले भिल्लारियललाई समान ३–२ गोल अन्तरले नै पराजित गरे।

प्रकाशित: २४ भदौ २०८३ ७:३२ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast