काठमाडौँ- स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्व समग्रमा २–१ को रोमाञ्चक जित निकाल्दै इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ। मंगलबार इमिरेट्स रंगशालामा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली आर्सनल १–० ले विजयी भयो। पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो।
खेलको ४४औँ मिनेटमा बुकायो साकाले गरेको एकमात्र गोल आर्सनलको जितमा निर्णायक बन्यो। आर्सनल सन् २००५/०६ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । उक्त फाइनलमा आर्सनल स्पेनको बार्सिलोनासँग २–१ ले पराजित भएको थियो ।
उपाधिका लागि आर्सनलले पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: २३ वैशाख २०८३ ७:३५ | Wednesday, May 6, 2026
प्रतिक्रिया



