पोखरा उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व

विजय नेपाल २२ भदौ २०८३ २०:४१ | Monday, September 7, 2026
पोखरा उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व

पोखरा- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। उनले अध्यक्षका प्रत्यासीहरु अन्य तीन जनालाई पछि पार्दै पोखराकै जेठो एवं निजी क्षेत्रको छाता संगठन संघको ७२ वर्षे इतिहासमा पहिलोपल्ट महिला नेतृत्वमा रेकर्ड बनाउन सफल भइन्।

संघको शनिबारदेखि सुरु ३६ औँ महधिवेशन एवं ७२ औँ साधारणसभा अन्तर्गत आइतबार मतदान भएको थियो।

२ हजार ७३१ सदस्य मतदाता रहेको संघमा अध्यक्ष र पदाधिकारीका लागि २ हजार २७४ मत खसेको थियो। सदस्यतर्फ २ हजार १०८ जनाले मतदान प्रक्रियामा भाग लिए।

सोमबार दिनभरको गणनामा साँझ अन्तिम नतिजामा शोभाले निकटतम् प्रतिस्पर्धी अर्जुन पोखरेललाई झिनो मतान्तरले हराउन सफल भएकी हुन्। अध्यक्षमा चुनाव लडेका पोखरेलको यो तेस्रो हार हो।

अध्यक्षमा चुनाव लडेका उत्तममान बुद्धाचार्य तेस्रो र बलराम आचार्य चौथोमा सीमित रहे। अध्यक्षका प्रत्यासीहरु गौतम र आचार्यले भने प्यानल नै बनाएर चुनाव लडेका थिए।

शोभाले ७५१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले ६३७ मत प्राप्त गरे। त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार बुद्धाचार्यले ६०१ र आचार्यले २५३ मत प्राप्त गरेका छन्।

यसैगरी, संघमा वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए। तीमध्ये उपाध्यक्ष (उद्योग) मा निर्वाचित थापा भने गौतम प्यानलका हुन्।

१० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए। सदस्यमा कुल १३ जना प्रतिस्पर्धी थिए।

चार वस्तुगत सस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा एक औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताए।

विसं २०११ सालमा संघको स्थापना भएको हो।

प्रकाशित: २२ भदौ २०८३ २०:४१ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast