काठमाडौँ- काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले यही भदौ १६ गते बेलुका सडकमा हिँडिरहेकी २२ वर्षीय युवतीलाई अस्वाभाविक तवरले शरीरमा छुँदै अभद्र व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरको हो।
पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका २ घर भइ हाल काठमाडौँको कलकी बस्ने ३० वर्षीया सालिन साह छन्।
परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धानका लागि साहलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
पक्राउ परेका साहलाई प्रहरी वृत्त लैनचौरले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा थप अनुसन्धान गरिरहेको प्रवक्ता थापाले बताए।

प्रकाशित: २२ भदौ २०८३ ७:२५ | Monday, September 7, 2026
प्रतिक्रिया


