रसुवा बाढी : चितवनमा फेला परेका ३६२ शव मध्ये ३३३ को माटोमुनि व्यवस्थापन

हिमाल प्रेस २१ भदौ २०८३ ९:११ | Sunday, September 6, 2026
रसुवा बाढी : चितवनमा फेला परेका ३६२ शव मध्ये ३३३ को माटोमुनि व्यवस्थापन

चितवन- रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डीएनए’ नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डीएनए नमूना संकलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना संकलन गरिएको छ ।

उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना संकलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमूना संकलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना संकलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।

यस्तै, भदौ १९ गते सात जनाको नमूना संकलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना संकलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण संकलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

प्रकाशित: २१ भदौ २०८३ ९:११ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast