यी स्थानमा आज पर्छ भीषण वर्षा

हिमाल प्रेस १८ भदौ २०८३ ८:४५ | Thursday, September 3, 2026
यी स्थानमा आज पर्छ भीषण वर्षा फाइल तस्बिर

काठमाडौँ- देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी, बागती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। दिउँसो देशभर साधारणतया बादल लाग्ने विभागको पूर्वानुमान छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा-हिमपातको सम्भावना छ।

कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावनाको पूर्वानुमान छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा छ।

प्रकाशित: १८ भदौ २०८३ ८:४५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast