गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

हिमाल प्रेस १८ भदौ २०८३ ८:१६ | Thursday, September 3, 2026
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

काठमाडौँ- गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ। उनी पर्साको वीरगन्ज महानगरपालिका ४ गहवामाई मन्दिर अगाडि चौतारोमा मंगलबार अचेत अवस्थामा भेटिएका थिए।

तनहुँको भानु नगरपालिका १ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

को हुन् उपाध्याय?

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक उपाध्याय २०४८ साल फागुनमा गोरखापत्रमा उपसम्पादकबाट जागीर सुरु गरेका थिए। पछि गोरखापत्र दैनिकको कार्यकारी सम्पादकको भूमिका पनि निर्वाह गरे। २०७४ मंसिर २५ गते संस्थानको महाप्रबन्धकमा नियुक्त भएका उपाध्याय पूरै कार्यकाल महाप्रबन्धक पदमा जिम्मेवारी भने निर्वाह गर्न पाएनन्।

उनले गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य, सञ्चालक समिति सचिवको जिम्मेवारी समेत निर्वाह गरे। उपाध्यायले गोरखापत्र संस्थानको प्रकाशन युवामञ्च, मधुपर्क र मनोरम अप्सराको समेत सम्पादक भएर जिम्मेवारी निर्वाह गरे। २०२५ साल वैशाख १५ गते उनको तनहुँमा जन्म भएको थियो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनी हाल कलंकीस्थित ढुंगेअड्डामा बस्दै आएका थिए।

प्रकाशित: १८ भदौ २०८३ ८:१६ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast