कांग्रेसमा किचलो : महाधिवेशनका लागि देउवा समूहको छुट्टै कार्यतालिका

हिमाल प्रेस १७ भदौ २०८३ १५:३० | Wednesday, September 2, 2026
कांग्रेसमा किचलो : महाधिवेशनका लागि देउवा समूहको छुट्टै कार्यतालिका फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूह (पूर्वसभापति शेरबहादुर देउवा समूह) मा १५ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका प्रस्ताव भएको छ। चुनदेवीस्थित १५ औँ महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालयमा बुधबार बसेको महाधिवेशन तयारी समिति बैठकमा प्रस्ताव पेस भएको हो।

संस्थापन समूहले महाधिवेशन प्रक्रिया अगाडि बढाइरहँदा इतर समूहले पनि महाधिवेशनको कार्यतालिका ल्याएको हो। संस्थापन इतर समूहको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव भएको छ।

पेस भएको प्रस्तावमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाच क्षेत्र क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते कार्यतालिका रहेको छ।

कांग्रेस संस्थापन समूहले असोज तेस्रो साता काठमाडौँमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यो कार्यतालिकाअनुसार संस्थापन समूहले महाधिवेशनको प्रक्रिया अगाडि समेत बढाइसकेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै इतर पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दे सर्वोच्च अदालतमा रिट हालेको थियो।

संस्थापन समूहले अगाडि बढाएको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेपछि इतर समूहले छुट्टै प्रक्रिया अगाडि बढाएको हो। सामानान्तर गतिविधि बढ्न थालेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ।

प्रकाशित: १७ भदौ २०८३ १५:३० | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast