मोटरसाइकलबाट महिलालाई जिस्क्याउँदै फोन नम्बर माग्ने ३ जना नियन्त्रणमा

हिमाल प्रेस १५ भदौ २०८३ १३:०० | Monday, August 31, 2026
मोटरसाइकलबाट महिलालाई जिस्क्याउँदै फोन नम्बर माग्ने ३ जना नियन्त्रणमा प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- बाटोमा हिँडिरहेका महिलालाई जिस्क्याउँदै फोन नम्बर माग्ने ३ जना पक्राउ परेका छन्। काठमाडौँ कीर्तिपुर नगरपालिका ७ भाजंगल क्षेत्रमा मोटरसाइकलमा चढेर बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै, फोन नम्बर माग्दै, अश्लील शब्दहरू प्रयोग गरी सार्वजनिक रूपमा दुर्व्यवहार गर्ने ३ जना नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बझाङ, केदारस्यूँ गाउँपालिका ३ घर भइ हाल जिल्ला काठमाडौँ, कीर्तिपुर नगरपालिका ७ भाजङ्गल बस्ने वर्ष २२ को सत्यराज खत्री, कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ घर भइ हाल जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ५ पाँगा बस्ने वर्ष २२ को ललित दमाई र कञ्चनपुर, कृष्णपुर नगरपालिका ३ घर भइ कीर्तिपुर नै बस्ने वर्ष २१ को अशोक भण्डारी छन्।

प्रहरीका अनुसार सु प प्र ००४ प ८७८ नं. को मोटरसाइकलमा चढेर अश्लील बोलेको भिडियो सार्वजनिक भएको थियो। सोही सूचनाका आधारमा प्रहरीले उनीहरूलाई आइतबार बिहान कीर्तिपुर नगरपालिका ७ विष्णु देवी मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो।

प्रकाशित: १५ भदौ २०८३ १३:०० | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast