राहतमा दिने भन्दै आफ्नो खातामा रकम हाल्न लगाउने युवक। तस्बिर : प्रहरी।
काठमाडौँ- रसुवा बाढीपीडितका नाममा रकम उठाउन आफ्नो स्क्यानर प्रयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने वर्ष ३२ को भगवान कार्की रहेका छन्।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रकम सहयोग गरेको र आफ्नो नक्कली स्टेटमेन्ट तयार पारेको अभियोगमा पक्राउ परेका हुन्।

प्रकाशित: १४ भदौ २०८३ १०:२६ | Sunday, August 30, 2026
प्रतिक्रिया



