बाढी आएको हल्लाले राजमार्ग बन्द, सयौ सवारी र यात्रु सडकमै अलपत्र

हिमाल प्रेस १४ भदौ २०८३ ६:५० | Sunday, August 30, 2026
बाढी आएको हल्लाले राजमार्ग बन्द, सयौ सवारी र यात्रु सडकमै अलपत्र

काठमाडौँ- भोटेकोशीमा बाढी आएको हल्लाले अहिले सम्पूर्ण राजमार्ग बन्द गरिएको छ।

आज बिहान ठूलो बाढीको आवाज आएकोले बाढीपहिरोको जोखिम तीव्र रूपमा बढेको भन्दै प्रहरीले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

​पहिरोका कारण देशका प्रमुख राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने र आउने सबै प्रकारका सवारी साधनहरूको आवतजावत अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्री बाटोमै रोकिएका छन्।

 

प्रकाशित: १४ भदौ २०८३ ६:५० | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast