रसुवा बाढी अपडेट : मृतक ६१६, उद्धार गरिएको २३०१

हिमाल प्रेस १३ भदौ २०८३ १०:२२ | Saturday, August 29, 2026
रसुवा बाढी अपडेट : मृतक ६१६, उद्धार गरिएको २३०१ सिन्हवाले प्रसारण गरेको भिडियोबाट लिइएको स्क्रिनसट तस्बिर।

काठमाडौँ- रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।

नवलपरासी पूर्व १५८, गोरखा ४८, नवलपरासी पश्चिम ४७, धादिङ ४५, नुवाकोट ४१, तनहुँ ३१ र रसुवा १३ जना रहेका छन् ।

बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।

बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।

बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २ हजार ३०१ जना रहेको छ । जसमा रसुवामा ६७६ र नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना रहेको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ भदौ २०८३ १०:२२ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast