जोखिममा परेका १२३ जनाको हवाई उद्धार, ९५ जना सकुशल

हिमाल प्रेस ११ भदौ २०८३ ९:४० | Thursday, August 27, 2026
जोखिममा परेका १२३ जनाको हवाई उद्धार, ९५ जना सकुशल

काठमाडौँ- नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ । सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी रहेका छन् ।

उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ । त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीन वटा टनेलमा उद्धार भइरहेको सेनाले जनाएको छ ।

सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउनेक्रम जारी भइरहेको छ । सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ ।
जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पु¥याइसकेको छ । उद्दार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ । बुधबार बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी उद्दार कार्य सुरु गरिएको थियो । सेनाको टोलीले रातभरि जमिनी ९स्थलमार्गबाट० उद्दार कार्यलाई निरन्तर जारी राखेको थियो ।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्दार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ । सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्दारमा केन्द्रित गरेको छ ।

प्रकाशित: ११ भदौ २०८३ ९:४० | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast