फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।
बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए । बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।
प्रकाशित: ११ भदौ २०८३ ८:१८ | Thursday, August 27, 2026
प्रतिक्रिया


