हेलिकप्टर परिचालन तीव्र बनाएर प्रभावितहरूको उद्धार गर्न बुर्लाकोटीको माग

हिमाल प्रेस १० भदौ २०८३ १५:३१ | Wednesday, August 26, 2026
हेलिकप्टर परिचालन तीव्र बनाएर प्रभावितहरूको उद्धार गर्न बुर्लाकोटीको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह र राहत व्यवस्थापन तत्काल गर्न माग गरेका हुन्।

उनले परिस्थितिको गम्भीरता र क्षतिको आँकलन गरी राष्ट्रिय विपद् कोष परिचालन गर्न र आवश्यकता अनुसार ‘राष्ट्रिय विपद्’ घोषणा गर्न माग गरे। मित्रराष्ट्रहरूको समेत सहयोग लिएर दीर्घकालीन पुनर्निर्माण र रणनीतिक योजना अघि बढाउनुपर्ने उनले बताए।

उनले सरकार, सम्पूर्ण राजनीतिक दल, पूर्वसैनिक, प्रहरी र सामाजिक संघसंस्थाहरू एकजुट भएर उद्धार र राहतमा जुट्न अपिल गरे।

उनले गोरखाबाट गोसाइँकुण्ड यात्रामा रहेका सवारीमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको र केहीले ज्यान गुमाएको दुःखद जानकारी प्राप्त भएको उल्लेख गरे। त्यस्तै दोलखालगायत विभिन्न जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै नागरिकहरू विपद्मा परी सम्पर्कविहीन भएको उनले बताए।

प्रकाशित: १० भदौ २०८३ १५:३१ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast