फाइल तस्बिर
काठमाडौँ- सरकारले भोटेकोशी बाढीमा परी घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्म्कि बैठकले यस कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने र गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधान (हेलिकप्टरसहित) परिचालन गर्न निर्देशन दिएको हो।
त्यस्तै बैठकले घर गुमाएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई मिलाउन जिम्मेवारी तोकेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :

प्रकाशित: १० भदौ २०८३ १४:५२ | Wednesday, August 26, 2026
प्रतिक्रिया


