काठमाडौँ- रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि द राइजिङ युवा क्लब खटिने भएको छ।क्लबका अध्यक्ष सुरेश डंगोलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा प्रत्यक्ष रूपमा सहभागी हुने निर्णय गरिएको क्लबले जनाएको छ।
क्लबले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विपद्को यस कठिन समयमा देशविदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई अभियानमा साथ दिन अपिल गरेको छ।
क्लबले सानो सहयोगले पनि बाढीबाट प्रभावित परिवारका लागि ठूलो राहत पुग्ने भन्दै विपद्को समयमा सबैलाई एकजुट भएर मानवीय सहयोगमा जुट्न आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग तथा समन्वयका लागि ९८५१२६९१०० मा सम्पर्क गर्न सकिने क्लबका अध्यक्ष सुरेश डंगोलले जानकारी दिएका छन्।
–––
प्रकाशित: १० भदौ २०८३ १३:१० | Wednesday, August 26, 2026
प्रतिक्रिया


