एआईको युगमा पनि नागरिकको सूचनाको अधिकार प्राथमिकतामा : सञ्चारमन्त्री

हिमाल प्रेस ९ भदौ २०८३ १६:०१ | Tuesday, August 25, 2026
एआईको युगमा पनि नागरिकको सूचनाको अधिकार प्राथमिकतामा : सञ्चारमन्त्री सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको तीव्र विस्तारका बीच पनि सञ्चारमाध्यमले नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

काठमाडौँमा मंगलबार सुरु भएको एआइबिडीको २४औँ सम्मेलन उद्घाटन गर्दै उनले गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्धभन्दा बलियो पत्रकारिता, तथ्य जाँच, मिडिया साक्षरता र पारदर्शितामा खोज्नुपर्ने बताए।

उनले एआईले सामग्री उत्पादनमा सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने बताए।

सामुदायिक रेडियोले विपद् र स‌ंकटका बेला स्थानीय भाषामा विश्वसनीय सूचना प्रवाह गर्दै नागरिकलाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

प्रकाशित: ९ भदौ २०८३ १६:०१ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast