एससीटी र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनको सम्झौता

हिमाल प्रेस २५ माघ २०७९ ११:५९ | Wednesday, February 8, 2023
एससीटी र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनको सम्झौता

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भएको छ। फास्ट बैंकिङ डिजिटल कारोबारमा खड्किएका समस्यालाई समाधान गर्न तयार पारिएको ‘ओम्नी च्यानल सोलुसन’ हो।

सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै खुल्ला एपीआईमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिन्छ।

फास्ट बैंकिङले शाखामार्फत हुने ग्राहकको उपस्थिति र काम कटौती गरी ग्राहक र बैंक दुवैको समय तथा खर्च घटाउन मद्दत गर्छ।

प्रकाशित: २५ माघ २०७९ ११:५९ | Wednesday, February 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast