पोखरा बसपार्कका ३२५ भूमिहीन र २४२ अव्यवस्थित बसोबासीको अन्तिम सूची टुंगियो

हिमाल प्रेस ९ भदौ २०८३ १२:१० | Tuesday, August 25, 2026
पोखरा बसपार्कका ३२५ भूमिहीन र २४२ अव्यवस्थित बसोबासीको अन्तिम सूची टुंगियो

पोखरा- पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगिएको छ।

दाबी विरोध, संशोधन र छानबिनपछि १४४ भूमिहीन दलित र १८१ भूमिहीन सुकुम्बासी गरी ३२५ परिवार भूमिहीन तथा २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

अब महानगर कार्यपालिकाले प्रतिवेदन पारित गरेर जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। प्रक्रिया समयमै पूरा भए अर्को सातादेखि बस्ती स्थानान्तरण सुरु हुने आचार्यले बताए।

भूमिहीन सुकुम्बासी सरोकार समितिले पनि वास्तविक सुकुम्बासीको व्यवस्थापन सुनिश्चित भए बसपार्क निर्माणमा सहयोग गर्ने जनाएको छ।

२०३२ मा अधिग्रहण गरिएको बसपार्कको जग्गा अतिक्रमणका कारण पाँच दशकदेखि योजना अलपत्र परेको थियो।

महानगरले पछिल्लो समय सटर हटाएर जग्गा खाली गर्ने काम अघि बढाएको छ भने दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माणको तयारी भइरहेको छ।

प्रकाशित: ९ भदौ २०८३ १२:१० | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast