फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेट्ने उपत्यका मेयर्स फोरमको निर्णय

हिमाल प्रेस ९ भदौ २०८३ १२:०९ | Tuesday, August 25, 2026
फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेट्ने उपत्यका मेयर्स फोरमको निर्णय

काठमाडौँ- काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग छिट्टै भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनबारे छलफल गर्ने निर्णय गरेको हो।

फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङले फोरमका पदाधिकारी र सदस्यप्रति गरेको व्यवहारप्रति पनि आपत्ति जनाउँदै उक्त विषय प्रधानमन्त्रीसमक्ष उठाउने जनाएको छ।

फोरमका अनुसार उपत्यकाको फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारको साझा जिम्मेवारी भएकाले दीर्घकालीन समाधानका लागि प्रभावकारी समन्वय आवश्यक छ।

प्रकाशित: ९ भदौ २०८३ १२:०९ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast