स्टार्टअपलाई कर छुट सिफारिस गर्ने अधिकार केन्द्रलाई

हिमाल प्रेस ९ भदौ २०८३ १०:४९ | Tuesday, August 25, 2026
स्टार्टअपलाई कर छुट सिफारिस गर्ने अधिकार केन्द्रलाई

काठमाडौँ- नयाँ प्रविधिमा आधारित स्टार्टअप र अनुसन्धान संस्थालाई कर छुट दिलाउने बाटो खुलाउने व्यवस्था विज्ञान तथा नवप्रवर्तन विधेयकमा प्रस्ताव गरिएको छ।

विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार प्रोटोटाइप वा ‘मिनिमम भायबल प्रडक्ट’ बनाउन आवश्यक उपकरण वा कच्चा पदार्थ आयात गर्दा कर छुटका लागि मन्त्रालयले अर्थ मन्त्रालयमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

केन्द्रले आयात सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछ। यसलाई नवप्रवर्तन उद्यमलाई प्रारम्भिक चरणमै सहयोग गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित: ९ भदौ २०८३ १०:४९ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast