कुन कम्पनीको सेयर मूल्य घट्यो-बढ्यो?

हिमाल प्रेस ८ भदौ २०८३ १७:४९ | Monday, August 24, 2026
कुन कम्पनीको सेयर मूल्य घट्यो-बढ्यो?

काठमाडौँ- साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक दिनभर नकारात्मक रहेर अन्ततः ०.७३ प्रतिशतले घट्दै २ हजार ५९९.५८ अंकमा बन्द भयो।

सोमबार २२९ कम्पनीको सेयर मूल्य घट्दा ४७ कम्पनीको बढेको थियो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।

दिनभर ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ८५ लाख ७० हजार कित्ता सेयर ५३ हजार १५३ पटक कारोबार भएको छ।

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशत बढेको छ। धौलागिरि लघुवित्त वित्तीय संस्था ११.९८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ९.१४ प्रतिशतले बढे।

पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ। वीन नेपाल लघुवित्त वित्तीय संस्था ८.६७ प्रतिशत र एनआईएमबी सरल लगानी कोष–२ को मूल्य ८.२७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

सोलु हाइड्रोपावरको ११ करोड ८८ लाख र साहस ऊर्जाको १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार सबै उपसमूहको सूचक घटेका छन्। हाइड्रोपावर उपसमूह सर्वाधिक १.१९ प्रतिशतले घट्दा निर्जीवन बिमा १.१२ प्रतिशत तथा म्युचुअल फन्ड र वित्त उपसमूह ०.८ प्रतिशतले घटेका छन्।

प्रकाशित: ८ भदौ २०८३ १७:४९ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast