धवलशमशेर राणा नेतृत्वको ‘जय नेपाल पार्टी’ले राजसंस्थावादी दलसँग एकता गर्ने, बनायो समिति

हिमाल प्रेस ८ भदौ २०८३ १३:२६ | Monday, August 24, 2026
धवलशमशेर राणा नेतृत्वको ‘जय नेपाल पार्टी’ले राजसंस्थावादी दलसँग एकता गर्ने, बनायो समिति

काठमाडौँ- धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले विचार मिल्ने दल र समूहसँग एकता गर्ने भएको छ। विचार मिल्ने दल-समूहसँग एकता गर्न ५ सदस्य वार्ता समिति गठन गरेको हो।

जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ ।

जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको थियो ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताएअनुसार केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ । जय नेपालले राजसंस्था पुर्नस्थापना गर्ने र हिन्दु राष्ट्र कायम गर्न दबाब दिने एजेन्डा लिएको छ।

प्रकाशित: ८ भदौ २०८३ १३:२६ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast