काठमाडौँ- टोयोटा नेपालले नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै ‘टोयोटा विजय उत्सव’ अभियान सुरु गर्ने भएको छ। दसैँसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा विशेष छुटसहित आकर्षक अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हालै सम्पन्न नाइमा अटो शो २०२६ मा उपलब्ध गराइएका विशेष अफरको अवसर गुमाएका ग्राहकलाई लक्षित गर्दै यो अभियान सञ्चालन गरिएको हो। अटो शोमा सहभागी हुन नसकेका वा त्यस अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकले अब दसैँको अवसरमा पनि समान रूपमा विशेष लाभ लिन सक्नेछन्।
टोयोटा नेपालले ‘विजय उत्सव’ अभियानलाई दसैँको उत्साहसँग जोड्दै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि उपयुक्त अवसरका रूपमा प्रस्तुत गरेको छ। अभियान अवधिभर टोयोटाका विभिन्न मोडलमा उल्लेखनीय छुट र अन्य विशेष सुविधा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
‘नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने नारासहित सुरु हुने यो अभियान दसैँसम्म जारी रहनेछ। कम्पनीले इच्छुक ग्राहकलाई नजिकको टोयोटा शोरुममा पुगेर विशेष अफरको लाभ लिन आग्रह गरेको छ।


