एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

हिमाल प्रेस ७ भदौ २०८३ १८:५७ | Sunday, August 23, 2026
एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा आवश्यक पुनःगठन गर्नुपर्ने बताए।

उनले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढंगले परिचालन गर्नुपर्नेमा जोड दिए।

बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने बताउँदै उपाध्यक्ष गुरुङले पार्टीका गतिविधिलाई जनताका समस्या तथा आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्ने धारणा राखे।

एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताए।

पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताए।

उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: ७ भदौ २०८३ १८:५७ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast