काठमाडौँ- रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ बजारमा ल्याएको छ।
गोरखा समुदायको साहक, दृढता र अदम्य भावनाबाट प्रेरित भएर यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।
विशेष गोरखा ग्रीन रङमा आएको मोटसाइकलमा गोरखाको पहिचानसँग जोडिएको ‘क्रस खुकुरी’ को विशेष चिह्न राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत भल्किने केही विशेष डिजाइन र फिचर थपिएको कम्पनीको भनाय छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरहरुमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए। गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रुपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले उल्लेख गरे।
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए। गोरखा एडिसन नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको उनको भनाइ छ।
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिज जस्तै अपराइट राइडिङ पोस्चर, डिजाइन र जे सिरिज इन्जिन दिइएको छ। सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध छ।
मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ। कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा अन्य सामग्री समावेश छन्।
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फ उपलब्ध हुने जनाउँदै वितरकले यसको मूल्य ५ लाख ९९ हजार रहेको बताएको छ।


