जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या बढ्यो, झापामा ६ जनाको मृत्यु

हिमाल प्रेस ५ भदौ २०८३ १०:१२ | Friday, August 21, 2026
जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या बढ्यो, झापामा ६ जनाको मृत्यु

झापा- वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेइ संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो।

यससँगै जिल्लामा जेइ संक्रमितको संख्या ११ पुगेको छ। हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए।

प्रकाशित: ५ भदौ २०८३ १०:१२ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast