सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

हिमाल प्रेस ३ भदौ २०८३ ९:१६ | Wednesday, August 19, 2026
6
SHARES
सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ- पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) मा माथिबाट पहिरो आई सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

माथिबाट पहिरो खसिरहेको प्रहरीले जानकारी दिएको छ । सो स्थानमा प्रहरी चौकी दोभानबाट पाँचजनाको टोली खटिएको छ ।

डोजर तयारी अवस्थामा राखिएको र अहिले बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरो खस्न रोकिनासाथ पहिरो पन्छाउन थालिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ३ भदौ २०८३ ९:१६ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast